देउखुरी, १५ मंसिर । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ क्षेत्रीय समिति दाङ देउखुरीको तेस्रो अधिवेशन तथा छैठौं वार्षिक साधारणसभा शनिवार गढवामा सम्पन्न भएको छ । महासंघका अध्यक्ष दीपक भुसालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मध्यपश्चिमका उपाध्यक्ष भैरव रावलले गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षाप्रेमी राजेन्द्र प्रसाद चौधरी, अग्रज साहित्यकार भगवतीप्रसाद चौधरी, देउखुरी क्षेत्रको पहिलो स्टेशनरी व्यवसायी उमाकान्त पन्त, व्यवसायी दुर्गाप्रसाद अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा यसवर्षको जेहेन्दार छात्रबृत्ति खिमबहादुर शाह माध्यमिक विद्यालय कोलहीमा अध्ययनरत राजपुर–२ बेलाकी छात्रा मीना बिकलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै रावलले व्यावसायिक संरक्षण र सांगठनिक सशक्तीकरण पुस्तक व्यवसायीहरुको अभियान भएको बताउनुभयो । सो अवसरमा महासंघका केन्द्रीय सदस्य पवित्रा केसी, शिक्षाप्रेमी समाजसेवी राजेन्द्रप्रसाद चौधरी, महासंघका केन्द्रीय पार्षद पदमप्रसाद भण्डारी, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्ट, जिल्ला समितिका, पूर्व लेखा संयोजक रामप्रसाद शर्मा, पूर्वक्षेत्रीय उपाध्यक्ष नारायण भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव जयप्रकाश पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष ताराप्रसाद चुँदालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष कमल खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पुस्तक व्यवसायी तथा साहित्यकार हरि पोख्रेलले गर्नुभएको थियो ।

यसैबीच समितिको तेस्रो अधिवेशनले सुशील खनालको अध्यक्षतामा उपाध्यक्ष कमलबहादुर खड्का, सचिव रोमहर्ष अधिकारी, कोषाध्यक्ष ताराप्रसाद चुँदाली शर्मा र सहसचिव निर्मला चौधरी रहेको समिति चयन गरेको छ । जसको सदस्यहरुमा हरिप्रसाद पोख्रेल, वसन्त चौधरी, गिरिराज पौडेल र सुशीला बोटे रहनुभएको छ ।

त्यसैगरी लेखा समितिको संयोजकमा नारायण भुसाल र सदस्यहरुमा महेश सुवेदी र दुःखहरण यादव रहनुभएको छ भने ऋण समितिको संयोजकमा पदम भण्डारी र सदस्यहरुमा विक्रम भण्डारी तथा हेमराज लामा रहनुभएको छ । महासंघले मासिक रुपमा स्थलगत घुम्ती बैठकहरु आयोजना गर्ने गरेको आयोजकले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस