घोराही, १५ मंसिर । रोल्पाको कुरेलीबाट दाङ बसाईसरी आएकाहरुको रोल्पाली ढाङढुङ कुरेली समाज सेवाको प्रथम साधारणसभा शनिबार घोराहीमा सम्पन्न भएको छ । समाज सेवाका अध्यक्ष नारायणप्रसाद रोका मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

साधारणसभा उद्घाटन जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा मगरले गर्नुभएको थियो । कार्यक्रममा बुढामगर, परिवर्तन गाउँपालिकाका उपाध्यक्ष हितकुमारी बुढा मगर, घोराही उपमहानगरपालिका—१३ का वडाध्यक्ष रविलाल घर्ती, नेपाली काँग्रेस रोल्पाका सदस्य अमर बुढा, कुरेली समाजका कुम्भ बुढा मगर, मिरुल समाजका दीपेशकुमार बुढा मगर, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका मगर, बालकृष्ण रोका मगर, पत्रकार शरद अधिकारी, रेखा मगरले बोल्नुभएको थियो ।

त्यस अवसरमा सचिव सुरेन्द्र घर्तीले प्रगति, कोषाध्यक्ष प्रेम बुढाले आर्थिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । उपाध्यक्ष दिलमान रोका मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिब थुमबहादुर वलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस