घोराही, १७ मंसिर । तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत अम्राइमा टेक्टरको ठक्करबाट पत्रकार अमर क्षितिज भण्डारी घाइते हुनुभएको छ । सोमबार दिउँसो तेघरास्थित घरबाट घोराही आउने क्रममा रा २ प ६३५९ मोटरसाइकलमा सवार भण्डारीलाई रा १ त १९८० नम्बरको टेक्टरले ठक्कर दिँदा देब्रे काँधमा गम्भीर चोट लागेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा उपचार हुन नसकेपछि भण्डारीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल लगिएको थियो । तुलसीपुरमा उपचारपछि उहाँलाई सोमबार नै घर पठाइएको अञ्चल अस्पतालले जनाएको छ । ठक्कर दिने टेक्टर र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस