दाङ, १९ मंसिर । अवैध लागुऔषध गाँजासहित एक बृद्ध पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङको दंगीशरण गाउँपालिका वडा नं.७ बस्ने ६४ वर्षीय अम्मरबहादुर कुवँर लागुऔषध गाँजासहित पक्राउ परेका हुन् ।

कुवँरले अवैध रुपमा गाँजा भण्डारण तथा बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

प्रहरी टोलीले उनको घरबाट पहेँलो रंगको प्लाष्टिकको बोरामा राखेको १ किलो ७ सय ४० ग्राम लागुऔषध गाँजा फेला पारेको डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस