गढवा, १९ मंसिर । मंगलबार राती गढवा गाउँपालिकाको शान्तिपुरमा रा ३ प ३६२७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवा ७ शान्तिपुरस्थित कल्भर्टबाट मोटरसाइकल खस्दा त्यसमा सवार तीनजनामध्ये एकजनाको मृन्यु भएको हो । मृत्यु हुनेमा गढवा ७ मानपुरका २० वर्षीय दिनेश चौधरी रहेका छन् । निजको लमही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

घटनामा परी गढवा ७ मानपुर घर भएका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । चौधरीद्वयको खुट्टा भाँचिएको पारिवारिक स्रोतले बताएको छ । उनीहरुको हाल नेपालगञ्मा उपचार भैरहेको बताइएको छ । रातीको समयमा मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस