घोराही, २२ मंसिर । नेपाल प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाईको शनिवार सम्पन्न १५औँ अधिवेशनबाट श्यामकुमार आचार्य सर्वसम्मत सभापतिमा चयन हुनुभएको छ । संघको उपाध्यक्षमा समीरमणि गौतम, सचिवमा राजेन्द्र रेग्मी र कोषाध्यक्षमा अम्बिकाप्रसाद डाँगी चयन हुनुभएको छ ।

संघको सदस्यहरुमा किशोर पोख्रेल, सुमन घिमिरे, यम डाँगी, कुलबीर चौधरी र हरि रावत चयन हुनुभएको छ । यस्तै केन्द्रीय प्रतिनिधिमा श्याम आचार्य, धनेश्वर पौडेल, प्रकाश श्रेष्ठ, सुन्दर गौतम निर्मल गौतम र श‌ंकर धिताल चयन हुनुभएको छ ।

संघका वर्तमान सभापति प्रेम शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभापति निर्मल देवकोटा, निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजाल, प्रा. डा. वसन्तराज अधिकारी, प्रा.डा. विनबहादुर वली, सह–प्राध्यापक भैरव मजगैयाँ, सह–प्राध्यापक देवनारायण चौधरी, सह–प्राध्यापक नारायण अधिकारी, उप–प्राध्यापक रमणकुमार शर्मा, माधवप्रसाद शर्मा, निवर्तमान क्याम्पस प्रमुख विमल सुवेदी, सहायक क्याम्पस प्रमुख निश्चल हमाल, निर्वाचन अधिकृत सह–प्राध्यापक भरतराज न्यौपाने, प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव प्रा. डिलाराम भट्टराई, प्रजातन्त्रवादी प्राध्यापक संघ इकाई अध्यक्ष सुधीर पोख्रेल, कर्मचारी संघ क्याम्पस इकाई सभापति सूर्यबहादुर महरालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

संघका इकाई सदस्य शंकर धितालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सचिव श्याम आचार्य र कोषाध्यक्ष शारदा योगीले पेश गर्नुभएको संघको सांगठनिक तथा आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । संघका सभापति प्रेम शाहले आफ्नो कार्यकालमा सबैले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस