घोराही, २२ मंसिर । नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखा दाङको आठौं उपशाखा सभा तथा अधिवेशनले थम्मन चौधरीलाई नै पुनः सभापतिमा चयन गरेको छ । शनिवार घोराहीमा भएको अधिवेशनले समितिका अन्य सदस्यहरुमा निशान्त आचार्य, इन्द्र बुढाथोकी, पदमप्रसाद पौडेल, कृष्णप्रसाद रिजाल, खगेश्वर पौडेल, प्रदीप मजगैयाँ, चिरञ्जीवी बुढाथोकी, हरिकला गिरी र उषा सुवेदीलाई चयन गरेको हो ।
शाखा अध्यक्ष चौधरीको अध्यक्षता तथा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि रेडक्रस दाङका जिल्ला शाखा मन्त्री मदन गौतम, घोराही उपमहानगरपालिकाका वातावरण तथा बिपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, उपशाखाका संस्थापक सभापति रामदयाल गुप्ता, नरेशजंग राणा, दाङ उद्योग वाणिज्य संघका सदस्य रामप्रसाद पोख्रेल, मिनराज भाट त्यसैगरी सानुनारायण अधिकारी, केदारराज श्रेष्ठ, गोविन्द श्रेष्ठ, किरणकुमार रेग्मी, विमल केसी, प्रकाश श्रीवन्द, सन्तोष ढकाल, उद्धव न्यौपाने, इश्वरा सुवेदीले बोल्नुभएको थियो ।
उपशाखाका उपसभापति निशान्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र बुढाथोकीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस