घोराही, २४ मंसिर । त्रिभुवननर जेसीजले आज अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीमा यज्ञबहादुर बुढाथोकी स्मृति पुस्तकालय हस्तान्तरण गरेको छ ।
त्रिभुवननगर जेसिज र यज्ञबहादुर बुढाथोकीका छोरा मनोज बुढाथोकीको संयुक्त पहलमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको हो । त्रिभुवननगर जेसिजसले दराज र पुस्तकसहित ६० हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ भने बुढाथोकीले विद्यालयको नाममा ५५ हजारको अक्षयकोष स्थापना गरिदिनुभएको छ । अक्षयकोषबाट वर्षेनी आउने ब्याजले पुस्तकालयमा पुस्तक थप गर्दै लैजाने सहमति भएको छ ।
त्रिभुवननगर जेसीजले सन् २०१५ देखि थालेको ‘रिड टु लिड’ कार्यक्रमअन्तर्गत यो वर्ष आधारभूत विद्यालय बेलघारीमा पुस्तकालय हस्तान्तरण गरिएको हो । त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमुद पोख्रेलले सामुदायिक विद्यालयका नानीहरुलाइ ज्ञान बाँड्ने अभियान थालेकोमा जेसीज र बुढाथोकी परिवारलाई धन्यवाद दिनुभयो ।
विशिष्ठ अतिथि अक्षयकोष स्थापनाकर्ता मनोज बुढाथोकीले हरेक क्षेत्रमा नेतृत्व गर्न अध्ययन आवश्यक पर्ने र त्यसका लागि पुस्तकालय आधार हुने भएकाले सामुदायिक विद्यालयमा यो अभियान थालिएको बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रअ सीता पौडेल, पत्रकार नरेन्द्र केसी र अम्बे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्रीधर भण्डारीले बोल्नुभएको थियो । जेसीजका पुस्तकालय स्थापना अभियानका संयोजक किरण न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सचिव टंक रावतले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस