घोराही, २४ मंसिर । नेपाल मगर संघ दाङको दशौं अधिवेशनले खलुप्रसाद पुनमगरको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । शनिवार र आइतवार भएको जिल्ला अधिवेशनमा अध्यक्ष र सचिव बाहेक सवै पदाधिकारी, सदस्यहरु सर्वसम्मत चयन गरिएको हो तर अध्यक्ष र सचिवमा भने निर्वाचन भएको थियो ।
जसअनुसार अध्यक्षमा खलुप्रसाद पुन, मुख्य उपाध्यक्षमा डिल्लीबहादुर घर्ती, उपाध्यक्षमा चित्रा घर्ती, सचिवमा मुक्त बुढा, कोषाध्यक्षमा विरमान बुढा र सहसचिवमा विस्पुरा घर्ती चयन हुनु भएको छ । अध्यक्षमा दिलकुमारी बुढाले १५ र खलुप्रसाद बुढाले ४८ मत प्राप्त गर्नुभएको थियो भने सचिवमा मुक्त बुढाले ५० र प्रकाशसिंह पुनले १२ मत प्राप्त गर्नुभएको थियो । नवनिर्वाचित पुनका अनुसार ४ सदस्य पछि थप गरी २५ सदस्यीय बनाइनेछ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस