महेश बस्नेत
घोराही, २५ मंसिर । हरेक वर्ष झैं यस वर्ष पनि डिसेम्बर १० तारिख अर्थात् सोमबार विश्वभर अन्तराष्ट्रिय मानवअधिकार दिवस भव्य रुपमा मनाइएको छ । मानव अधिकारको संरक्षण र  प्रवद्र्धनका लागि विश्वव्यापी रुपमा कार्यरत अन्तराष्ट्रिय गैरसकारी संस्था एम्नेस्टी इन्टरनेशनलले घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा मंगलबार एकदिने मानव अधिकार शिक्षा कार्यशाला सम्पन्न गरेको छ ।

एम्नेस्टी इन्टरनेशनल अग्राशन युथ नेटवर्क घोराही दाङको आयोजनामा सञ्चालित उक्त कार्यशालामा मानवअधिकारका विषयमा शिक्षक तथा विद्यार्थीहरुलाई नेटवर्क संयोजक पर्याप्त चौधरीले प्रशिक्षण दिनुभएको थियो ।  विभिन्न देशमा मानवअधिकार हननविरुद्ध आवाज निकाल्दा विभिन्न पक्षबाट भएका हत्या तथा हत्याका दोषीमाथि कडा कार्वाही गर्न र राज्यपक्षबाट मानव अधिकारकर्मीहरुलाई नजरबन्द गरी यातना दिएको भन्दै ‘अधिकारका लागि अधिकार’ नामक हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो ।कार्यशालामा विद्यालयका शिक्षक तथा कक्षा आठ, नौं र दशका छात्रछात्राहरुसहित करिब ८० जनाको सहभागिता रहेको थियो भने कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले हाल मानवअधिकारको अवस्था तथा एम्नेस्टी इन्टरनेशनलको कार्य, क्षेत्राधिकार तथा भूमिकाका विषयमा जिज्ञाशा राखेका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस