घोराही, २५ मंसिर । नेकपाका नेता तथा घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष स्वर्गीय लछिनप्रसाद बुढा मगरको सम्झनामा मंगलबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । तेह्रौ पुण्यतिथिका अवसरमा नेकपा घोराही नगर कमिटीको आयोजनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको हो ।

बुढा मगरको सम्झनामा घोराही—१३ डुम्बर गाउँमा स्थापना गरिएको बिसौनीमा कार्यक्रमको आयोजना गरिएको हो । नेकपाका नेता राममणि पाण्डेयको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भागवत बिश्वासी, गोकुल घर्तीमगर, निर्मल आचार्य, स्वर्गीय लछिनप्रसाद बुढा मगरका माइला भाई भानसिंह बुढा मगरले बोल्नुभएको थियो । श्रद्धाञ्जली सभाको सञ्चालन नेकपाका नेता बिश्वराज आचार्यले गर्नुभएको थियो ।

यस्तै नेपाल मगर संघ दाङ शाखा र बैजाली समाजको सयुक्त आयोजनामा शोक सभा भएको छ । बैजाली बुढा मगरको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नोपल मगर संघका केन्द्रीय सदस्य दलजित रोका मगर, बैजाली समाजका सल्लाहकार चन्द्रज्योति बुढा मगरले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन मगर संघका सचिब मुक्त बुढा मगरले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस