घोराही, १ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा शनिबार रामपुरको बुकामा निशुल्क आँखा जाँच तथा उपचार गरिएको छ । लमही आँखा अस्पतालको प्राबिधिक सहयोग र वडा कार्यालयको आयोजनामा एक दिने आँखा जाँच शिबिर सञ्चालन गरिएको हो ।
शिबिरमा १ सय ५३ जनाले आँखा जाँच तथा उपचार गराएका छन् । ति मध्य ३२ जनाको मोतिया बिन्दु र ५ जनाको मासु पलाएको देखिएकाले अप्रेशन गर्नुपर्ने देखिएको छ । मोतिया बिन्द भएकाहरुलाई लमही आँखा अस्पतालले निशुल्करुपमा अप्रेशन गर्ने भएको छ ।
आँखा जाँचका लागि बालबालिका देखी बृद्धबृद्धा शिबिरमा आएका थिए । अधिकांशमा आँखा चिलाउने, बिजाउने, धमिलो दृष्टि लगाएका समस्याहरु देखिएको र केहीलाई चस्मा लगाउन सल्लाह दिएको अस्पतालका टेकबहादुर चौधरीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष राममणि पाण्डेको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा शिबिरको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले व्यक्ति स्वस्थ भए मात्रै सामाजिक विकास अघि बढ्ने बताउनुभयो ।
नियमित स्वास्थ्यका सबै अंगहरुको जाँचले नै व्यक्तिलाई स्वस्थ बनाउन भन्दै नगर प्रमुख चौधरीले संबेदनशिल अंगहरुको बिषेश हेरचाहमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । लमही आँखा अस्पतालका दृष्टि बिशेषज्ञ मदन चौधरीको नेतृत्वमा आएको ६ जनाको टोलीले दिनभर वडा नम्बर १ र २ का नागरिकहरुको आँखा जाँच तथा उपचार गरेका छन् । वडा सदस्य जीवाकुमार विकको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण अर्का सदस्य टोपाकुमारी पौडेलले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस