लमही, १३ पुस । दाङको लमही नगरपालिका ५ बसपार्कमा बेहोस अवस्थामा फेला परेका एकजनाको मृत्यु भएको छ । उनको सनाखत नभएको र तराई मुलको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा फेला परेका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक केही वर्षदेखि लमही क्षेत्रमा मागेर खाने, बस्ने गरेको भन्ने बुझिएको प्रहरीको भनाइ छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस