घोराही, १३ पुस । दाङमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उप महानगरपालिका ६ चैनपुरस्थित घोराहीबाट जन्द्रागाउँतर्फ जादै गरेको रा १ ख ४६८ नं. को बस रोकी सामान झार्ने क्रममा उक्त बसका धनी घोराही १७ बस्ने बर्ष २८ का शंकर चौधरी विजुलीको तारमा छोइनगई करेन्ट लागेर मृत्यु भएको हो ।

गम्भिर घाइते भएका चौधरीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस