दाङ, १४ पुस । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा अन्तरस्कुल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । तुलसीपुरका ६ वटा स्कुलहरुका बीचमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

माध्यमिक तहका विद्यार्थीहरुलाई रोटरी सम्बन्धी ज्ञान अभिबृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक रोटरी क्लब अफ तुलसीपुर सिटीका कोषाध्यक्ष सन्दिपन रिजालले जानकारी दिनुभयो । ६ वटा स्कुलका बीचमा भएको प्रतियोगितामा तुलसी स्कुलका विद्यार्थीहरुको टिम प्रथम भएको थियो । यस्तै हिमाल एकेडेमी द्वितीय र ज्ञान ज्योति स्कुल तृतीय भएका थिए । प्रतियोगितामा गोरखा स्कुल, डिभाइन टेम्पल र गुरुजजुर मा. वि. सान्त्वना भएका थिए ।

कार्यक्रममा बोल्दै तुलसीपुर उप–महानगरपालिका वडा नम्वर ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउनुभयो । रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा गोरखा स्कुलका शिक्षक बामदेव सापकोटा र रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष तथा हाजिरीजवाफ प्रतियोगिताका संचालक तुफानबाबु श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा बिजयी हुने विद्यार्थीहरुलाई वडाध्यक्ष शाह लगायत क्लबका पूर्व अध्यक्षहरु अनुपकुमार श्रेष्ठ, कुशल तर्ताल, विमल रिजाल, बिजय केसी, ललितबहादुर घर्ती, वीरु रावत, रोटरी क्लब अफ दाङका अध्यक्ष डा. निरन्जन आचार्य र आर. सि. सि. भिलेज काशीपुरका अध्यक्ष चुडामणि केसीले संयुक्त रुपमा नगद, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव बिनिल केसीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस