घोराही, १५ पुस । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले संस्थागत विद्यालयमा देखिएको शैक्षिक शुल्क व्यावहारिक नभएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल दाङको १४ औँ जिल्ला अधिवेशनको आज घोराहीमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलेले महंगो शुल्क लिने विद्यालयको शैक्षिक गुणस्तर कमजोर देखिएको बताउनुभयो ।

केहि संस्थागत विद्यालयले विद्यार्थीबाट चर्को शुल्क असुलेको भन्दै महंगो शुल्क लिने विद्यालय र कम शुल्क लिने विद्यालयलको शिक्षाका कुनै अन्तर नभएको दावि गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले समाजको बदलिँदो मनोविज्ञानलाई निजी विद्यालयले अंगालेका कारण संस्थागत विद्यालयको शिक्षाप्रति विद्यार्थी र अभिभावकको आर्कषण बढेको उल्लेख गर्नुुभयो । निजी विद्यालयले पुस्तक र पोषाकमा विसंगती ल्याएको भन्दै मापदण्ड बनाएर अघि बढनुपर्नेमा समेत जोड दिनुभयो ।

संस्थागत विद्यालयको शिक्षा गुणस्तरियता भएपनि शुुल्कमा देखिएको बिसंगती अन्त्य गर्न निजी विद्यालयका संचालकलाई आग्रह समेत गर्नुभयो ।

उहाँले समान शिक्षाका लागि घोराहीका विद्यार्थीले घोराहीमै अध्ययन गर्ने बातावरण निर्माणमा भुमिका खेल्न निजी विद्यालयका संचालकलाई आग्रह गर्नुभएको छ । उहाँले निजी विद्यालयकोे पुँजी राज्यको पनि भएको भन्दै पुँजीको संरक्षणमा प्रदेश सरकार सहकार्य गरेर जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

प्याब्सन दाङका अध्यक्ष यादव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय महासचिव राजेन्द्र बानियाले राज्यले निजी विद्यालयमाथि सौतेनी व्यवहार गरेको बताउनुभयो । ३६ सालपछि राज्यको आह्वानमा निजी विद्यालयहरु सञ्चालनमा आएको भन्दै महासचिव वानियाले हाल आएर राज्यले निजी विद्यालयको अभिभावकत्व ग्रहन नगरेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस