लक्ष्मी के‍सी
नारायणपुर, १५ पुस । सिद्ध रत्ननाथ माध्यमिक विद्यालय नारायणपुरका कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरु आधुनिक कृषि कसरी गर्न सकिन्छ भनी अध्ययन गर्न कृषकको फर्ममा  नै पुगेका छन् ।

पेशा ब्यबसाय तथा प्रबिधि बिषयको आधुनिक कृषि प्रणालीबारे जानकारी दिन घोराही १० मा रहेको शिव शक्ति कृषि फर्ममा उनीहरुलाइ लगिएको शिक्षक निशा गौतमले बताउनुभयो । कक्षा कोठामा सैद्धान्तिक सिकाइ मात्र हुने  भएकाले विद्यार्थीलाई फर्ममा नै लगेर सिकाइ गरिएको अर्का बिषय शिक्षक बेदबहादुर केसीले बताउनुभयो । आफ्नो घरमा कृषि कार्य गरिने भए पनि यसरी कृषि फर्ममै गएर आधुनिक कृषिका बारेमा  सिक्न पाउँदा विद्यार्थी खुशी देखिएका थिए ।

कक्षामा सैद्धान्तिकरुपमा आधुनिक खेतीको बरेमा सिक्दा सबै कुरा स्पष्ट नभएको तर यसरी फर्ममा नै आएर सिक्दा धेरै कुरा स्पष्ट भएको विद्यार्थीहरुले बताए । शिव शक्ति कृषि फर्मका सञ्चालक कृषक मनकलाल चौधरीले खेती गर्ने तरिका, मलको प्रयोग, थोपा सिंचाई प्रणाली तथा किरा नियन्त्रणका उपायका बारेमा जानकारी गराउनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस