घोराही, १६ पुस । रोटरी क्लब अफ दाङले घोराहीको एक विद्यालयमा खानेपानीको फिल्टर उपलब्ध गराएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ फुर्सेखालीमा रहेको प्रावि गिठेपानीमा रोटरीले खानेपानीको फिल्टर उपहारस्वरुप उपलब्ध गराएको हो ।रोटरी क्लब अफ दाङका अध्यक्ष डा. निरन्जन आचार्य, पूर्व अध्यक्षहरु सनत श्रेष्ठ, तीर्थ सन्तोषी र कार्यक्रम संयोजक प्रदीप सुवेदीले उक्त फिल्टर विद्यालयका प्रधानाध्यापक लोकराज सुवेदीलाई हस्तान्तरण गर्नुभयो । उक्त फिल्टर बागेश्वरी मिन ट्रेडर्सका सञ्चालक मिनराज भाटले रोटरीलाई उपलब्ध गराउनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस