घोराही, १६ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार सेवा शूल्क बढाउन लागेको प्रति बिरोध भएको छ । प्रतिष्ठान सरोकार समिति र राजनितिक दलले समेत प्रतिष्ठानले मंगलबार देखी सेवा शूल्कमा बृद्धी गर्न लागेको भन्दै बिरोध जनाएका छन् ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान सरोकार समितिको सोमबार बसेको बैठकले शुल्क बृद्धि नगर्न माग गरेको छ । प्रतिष्ठानले तत्कालको सेवा सुबिधामा शुल्क बृद्धि र तत्कालिन राप्ती उपक्षेत्रिय अस्पतालले दिदै आएको सेवा सुबिधामा गरेको कटौतीको कुराले सरोकार समितिको ध्यानाकर्षण गरेको छ बैठकपछि समितिका संयोजक नारायणप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अहिलेकै सेवा सुबिधाको अवस्थामा शुल्क बृद्धि र पाई आएको सुबिधा कटौतीले प्रतिष्ठान प्रतिनै नकारात्मक भावना बृद्धि हुने भएकोले शुल्क बृद्धि नगर्न र पाई आएको सेवा सुबिधा कायम गराउन बिज्ञप्तीमा भनिएको छ ।

प्रतिष्ठानले मंगलबार देखी लागु हुने गरी अहिले २५ मा हुने ओपिडी सेवा १ सय रुपैयाँ, ३० रुपैयाँमा हुने इमर्जेन्सी सेवा २ सय, निशुल्क रहेको सुत्केरी सेवामा सामान्यलाई ३ हजार र १२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

अहिले बेड शूल्क निशुल्क छ अब प्रतिदिन २ सय २० लाग्ने बनाईएको छ । अहिले मुख्य सल्यकृया ५ लिदै आएकोमा अब १२ हजार हुने भनिएको छ भने मध्यम सल्यकृया १५ सयबाट ६ हजार ५ सय पु¥याईएको छ । त्यसैगरी अहिले माइनर सल्यकृया एक हजारबाट २ हजार ५ सय लाग्ने प्रतिष्ठानले बनाएको छ ।

जनामोर्चाको पनि चर्को बिरोध
राष्ट्रिय जनमोर्चा दाङले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सेवा शूल्क बढाएको प्रति बिरोध जनाएको छ । जनमोर्चा दाङले सोमबार एक प्रेस बिज्ञप्ती जारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले अस्पताल आफ्नो जिम्मामा लिए लगत्तै सेवा शूल्क बढाएको प्रति बिरोध गरेको हो ।

जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य द्धारा जारी बिज्ञप्तीमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा तात्कालिक राप्ती उपक्षेत्रीय अस्पतालले दिदै आएको सेबा सुबिधाको कटौती र शुल्क वृद्धिको राष्ट्रिय जनमोर्चा दाङले घोरा बिरोध गर्दछ भनिएको छ ।

सेवा शूल्क बृद्धी प्रति ध्यानआकर्षण भएको भन्दै नागरिकले निशुल्क उपचार पाउने स्थलमा शूल्क बढाएर कमाउ धन्दा चलाउन लागेको भन्दै जनमोर्चाले आपत्ती समेत जनाएको छ । सेवा सुबिधालाई बढाउदै सर्बसुलभरुपमा जनताको उपचार गराउने बाताबरण बनाउन बिज्ञप्ती मार्फत प्रतिष्ठानको ध्यानआकर्षण गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस