दाङ, १७ पुस । घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बराहक्षेत्र माध्यमिक विद्यालयले यही माघ ३ देखि ११ गतेसम्म घोराहीमा गर्न थालेको महायज्ञबारे आज सुपर टोलविकास संस्थासँग छलफल गरेको छ ।

महायज्ञ मूल आयोजक समिति संयोजक बिमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयकी प्रधानाध्यापक बाल्मी केसीले महायज्ञबारे जानकारी दिनुभएको थियो । उहाँले प्राबिधिक शिक्षा सञ्चालन र शैक्षिक गुणस्तर सुधारका लागि गर्न थालिएको महायज्ञमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा व्यवसायी केदारराज श्रेष्ठले म्याक्स टेलिभिजनबाट महायज्ञको निशुल्क प्रत्यक्ष प्रशारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सुपरटोल, मेनरोड र जिविस टोलले कलशसहित शोभा यात्रामा सहभागी हुने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सहभागीहरुले महायज्ञको रकम शिक्षामा लगानी गरी सही सदुपयोग गर्न सुझाव दिएका थिए ।

महायज्ञका लागि मुख्य बाचकले २५ हजार रुपयाँ सहयोग गरेर कामको शुरुवात गर्न हौशला दिएको प्रधानाध्यापक केसीले बताउनुभयो । महायज्ञको सचिवालय शाक्य गहना पसलको छेउमा स्थापना गरेर काम गरिरहेको उहाँले बताउनुभएको छ । महायज्ञमा ब्रतबन्ध, विवाह, ८४ पूजा, एक करोड दीप प्रज्वलन लगायतका कामहरु गरिने भएकाले त्यसका लागि इच्छुकले सचिवालयमा सम्पर्क गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस