घोराही, १७ पुस । जिल्ला सहकारी संघ दाङको अध्यक्षमा ४ बर्षे कार्यकालका लागि गोविन्दप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । मंगलबार भएको निर्वाचनबाट प्रतिद्धन्द्धी सेशुराम भण्डारीलाई पछि पार्दै १ सय ९ मत ल्याएर शर्मा अध्यक्षतामा निर्बाचित हुनुभएको हो । सेशुराम भण्डारीले ८३ मत ल्याउनुभएको थियो । शर्मा यस अघि पनि अध्यक्ष पदमा रहनुभएको थियो ।
११ सदस्यीय नयाँ कार्य समिति चयनका लागि पदाधिकारीका उपाध्यक्ष, सचिब र कोषाध्यक्ष यस अघि नै निर्बिरोध निर्वाचित हुनुभएको थियो । संघको उपाध्यक्षमा अन्जनकुमार पौडेल, सचिबमा शुक्रराज भण्डारी र कोषाध्यक्षमा हरिप्रसाद भुसाल निर्विरोध चयन हुनुभएको छ ।
संघको सदस्यहरुमा १ सय १९ मत ल्याएर सरस्वता गौतम, १ सय १६ मत ल्याएर मिनराज घिमिरे, १ सय १ मत ल्याएर कृष्णप्रसाद रिजाल, ९७ मत ल्याएर कृष्णप्रसाद शर्मा सदस्यमा निर्वाचित हुनुभयो ।
त्यसैगरी, ९६ मत ल्याएर हुमा डिसी, ८९ मत ल्याएर मिना गुरुङ र ८८ मत ल्याएर तुलसीराम कँडेल सदस्यमा निर्वाचित भएको निर्बाचन संयोजक माधवप्रसाद शर्माले जानकारी दिनुभयो । ७ सदस्य पदका लागि १९ जना विच प्रतिस्पर्धा भएको थियो ।
लेखा सुपरिबेक्षण समिति संयोजकमा हेमराज गौतम यस अघि नै निर्विरोध चयन भैसक्नुभएको थियो । लेखा सुपरिबेक्षण समिति सदस्यमा १ सय २७ मत ल्याएर नारायण भण्डारी र १ सय २ मत ल्याएर माधब खनाल निर्बाचित हुनुभएको छ ।
लेखा सुपरिवेक्षण समिति सदस्यमा ४ जना बिच प्रतिस्पर्धा भएको थियो । २ सय ५४ जना मतदाता रहेकोमा २ सय ३ मत खसेको निर्बाचन संयोजक शर्माले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस