घोराही, १८ पुस । परिवर्तनका संवाहक शान्ति र पुनर्मिलाप कार्यक्रम अन्तर्गत दंगीशरण गाउँपालिका–२ को माबि मधपुरमा सेनेटरी प्याड बुधबार वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत गोल्टाकुरीको शान्ति केन्द्रको प्राथमिक उपचार सामग्री र शान्तिदूत तथा शान्ति स्वयम्‌सेवकको बैठक खर्चबाट रकम बचत गरेर सेनेटरी प्याड वितरण गरिएको हो ।

दश हजार बराबरको सेनेटरी प्याड शान्तिदूत देवीराम कुसारीले विद्यालयका प्रधानाध्यापक खेमराज बुढाथोकीलाई हस्तान्तरण गर्नुभएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस