हापुरे, १८ पुस । बबई गाउँपालिकाको आयोजनामा भएको व्यावसायिक बाख्रापालन तालिम समापन गरिएको छ । बबई गाउँपालिका पशु शाखा कार्यालय हापुरेको आयोजनामा भएको तीनदिने व्यावसायिक बाख्रापालन तालिम बबई गाउँपालिका वडा न ५ को बबरपुर समापन भएको हो ।

बबई गाउँपालिका कार्यपालिका सदस्य साबित्रा सुनारको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको विशेष उपस्थितिमा तालिमको समापन गरिएको थियो । तालिममा बबई गाउँपालिका वडा नं. ५ का करिब ३० जनाको सहभागिता थियो । बाख्रा कसरी पाल्ने, रोग लागेमा कसरी उपचार गर्ने ? बाख्राको वृद्धि बिकासको लागि कस्तो आहारा खुवाउने ? दानाको ब्यबस्थापन, भकारो तथा नश्ल सुधार सम्बन्धी कुराहरु तालिममा सिकाइएको पशु सेवा शाखाका प्रमुख श्यामप्रकाश चौधरीले जानकारी दिनुभयो ।

तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले परनिर्भरमुखी पशुपालन नभई व्यावसायिक पशुपालन गर्न र स्वरोजगार बन्न सहभागीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बबई गाउँपालिका वडा न‌ं. ५ का सदस्य, शालिकराम पौडेल, पशु शाखाका तालिम प्रशिक्षक एवं कर्मचारी लोकेन्द्र थापा, सहभागी कल्पना केसी, मनकुमारी खड्कालगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन पशु शाखाका प्रदीप वलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस