घोराही, १९ पुस । राम्री दुर्घटनामा ज्यान गुमाएका शिक्षक नरेश ओलीको परिवारलाई दीपशीखा माविका शिक्षक स्टाफहरुले आर्थिक सहयोग प्रदान गरेका छन । विहीवार विद्यालयमै कार्यक्रम गरेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।

स्वर्गीय ओलीकी पत्नी सविता विष्ट ओलीलाई विद्यालयका प्रिन्सीपल शोभाकान्त अधिकारीले ४८ हजार ६ सय १५ रुपैया हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुले खाजा खर्च कटाएर पीडित परिवारलाई उक्त रकम प्रदान गरेका हुन । सरल व्यक्तित्व, कुशल शिक्षकको निधनले विद्यालयलाई अतुलनिय क्षति पुगेको विद्यालयले जनाएको छ । सहकर्मीको निधनले परिवारमा पर्न गएको पीडा कम गर्न नसकिएपनि जीवन यापनमा सानो सहयोग होस भनेर आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको शिक्षक धनबहादुर विसीले जानकारी दिनुभयो । साथै शिक्षक दुर्गा पुनले नरेशकी २ वर्षीया छोरी आरुषि ओलीका लागि कपडा उपलव्ध गराउनु भएको थियो ।

यसैगरी स्वर्गीय ओलीले शिक्षण गरे वापतको लिन बाँकी पारिश्रमिक पनि परिवारलाई हस्तान्तरण गरिएको थियो । दीपशिखा क्याम्पसका रोमन अधिकारीले सविता विष्ट ओलीलाई ३६ हजार ५ सय रुपैया उपलव्ध गराउनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गौतमले विद्यालयले स्वर्गीय ओलीकी छोरी आरुषिलाई १२ कक्षासम्म निःशुल्क पढाउने घोषणा दोहो¥याउनु भएको थियो । गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस