घोराही, २० पुस । घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय डाँडागाउँमा बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी भिडियो ‘ज्योति’ प्रदर्शन गरिएको छ । हिमालयन शान्ति तथा विकास अभियान नेपालको आयोजना तथा घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो ।

घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका विभिन्न वडामा सचेतनामूलक विविध कार्यक्रमहरु गरिएको घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले बताउनुभयो । बालबालिकासँग सम्बन्धित हरेक जोखिमलाई आर्थिक पाटोसँग जोडिने गरे पनि अभिभावक एवं बालबालिकाको चेतनाको स्तर माथि नउठ्दासम्म बालबालिकामाथि हुने हिंसा एवं शोषणका घटनाहरु दोहरिरहने उहाँले बताउनुभयो ।उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीले बालविवाह एवं बालश्रम बाल संरक्षणका क्षेत्रमा मुख्य चुनौतिका रुपमा देखिएको बताउँदै यसको न्युनीकरणका लागि अभिभावक र बालबालिका दुवै सचेत रहनुपर्ने धारणा राख्नुभयो । बालबालिकाहरुको स्वभाव नै चञ्चले हुने भएको हुँदा यो अवस्थामा अभिभावकले विशेष हेरचाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सतीसकुमार आचार्यले बालबालिकाको उमेर शारीरिक विकाससँगै सिकाइको उपयुक्त समय भएको भन्दै यो उमेरमा उचित संरक्षण हुन नसके उनीहरुको जीवन नै बर्बाद हुने बताउनुभयो । बालमैत्री वातावरण एवं उनीहरुलाई आफ्ना रुचिका क्षेत्रमा क्रियाशील बनाउन सके बालबालिकाको चौतर्फी विकासमा टेवा पुग्ने आचार्यले बताउनुभयो ।

सोही अवसरमा विद्यालयका ९, १०, ११ र १२ मा अध्ययनरत बालबालिकाहरुलाई बालश्रम, बालविवाह, बेचविखन र बाल दुव्र्यवहार न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रमको सहजीकरण हिप्डेकका कार्यक्रम संयोजक किरण गौतम र महिला तथा बालबालिका शाखाकी राधा भट्टराईले गर्नुभएको थियो । यसअघि घोराहीको वडा नं. २, ११, १७ मा समेत यसखालको भिडियो प्रदर्शन गरिएको हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमले बताउनुभयो ।घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा उपमहानगरपालिकामा बालश्रम न्यूनीकरण तथा बाल संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै गौतमले श्रममा रहेका बालबालिकाहरुको उद्धार तथा पुनस्र्थापनासँगै विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत अभिभावक र बालबालिकासँग अन्तक्र्रिया, बालक्लब एवं टोलका अगुवा, बाल संरक्षण समितिसँग छलफल, बाल संरक्षण समितिलाई अभिमुखीकरण, जनप्रतिनिधिहरुसँग छलफल, बालमैत्री स्थानीय शासन प्रवद्र्धनसम्बन्धी भिडियो प्रदर्शन लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको कार्यक्रम संयोजक गौतमले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस