घोराही, २० पुस । घोराही उपमहानगरपालिका—६ मा रहेको जयशेर माबि रावतगाउँमा श्रीमद् भागवत् धनधान्याञ्चल महायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयको सर्वाङ्गीण विकास र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खलुप्रसाद पुन मगरले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिको बैठकले माघ २२ गतेदेखि फागुन १ गतेसम्म महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुन मगरले जानकारी दिनुभएको छ । महायज्ञ सञ्चालनलाई व्यवस्थापन गर्न अध्यक्ष पुन मगरको संयोजकत्वमा मुल समिति गठन गरिएको छ ।
महायज्ञबाट संकलन भएको रकमले विद्यालयको भौतिक विकास तथा प्राविधिक शिक्षा सञ्चालनमा खर्च गर्ने विद्यालयले जनाएको छ । महायज्ञको कथा वाचकका रुपमा पण्डित अमृतशरण देवाचार्य रहने जनाइएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस