दाङ, पुस २२ । भी.एन. कलेज विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा बबिता पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीबाट सञ्चालित कलेजमा आइतबार सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
नौ सदस्यीय समितिको उपाध्यक्षमा रुपेश पुरी, सचिवमा खगेन्द्रा विष्ट, कोषाध्यक्षमा सविता बिसी र सहसचिवमा विकल्प अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी समितिको सदस्यमा अस्मिता थापा, सुनिता चौधरी, तुलसा घर्तीमगर, विनोद नेपाली रहनुभएको छ ।

भेलालाई सम्वोधन गर्दै क्याम्पस प्रमुख शरदकुमार आचार्यले विद्यार्थीहरुको वृत्तिविकासका लागि समिति गठन गरिएको बताउनुभयो । समितिका संरक्षकसमेत रहनुभएका क्याम्पस प्रमुख आचार्यले विद्यार्थीहरुको सम्पूर्ण विकासका लागि समितिले कार्य सञ्चालन गर्ने जानकारी दिनुभयो ।

भेलामा नवनिर्वाचित अध्यक्ष बबिता पाण्डेले विद्यार्थीको हितमा आफूहरुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । वार्षिक कार्ययोजना बनाएर आफूहरुले अगाडि बढ्ने भन्दै अध्यक्ष पाण्डेले विद्यार्थीहरुको सम्पूर्ण खाले विकासका लागि समिति लागिपर्ने बताउनुभयो । भेलामा प्राध्यापकहरु मोहन अधिकारी, टीका बस्नेत, वसन्त खनाल, बाल्मिकी देवकोटालगायतले बोल्नुभएको थियो । भेलाको सहजीकरण कलेजका अनुशासन प्रमुख देवेन्द्र सिंह ठकुरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस