दाङ, १२ माघ । दाङ निर्माण व्यवसायी संघको नयाँ नेतृत्वको लागि ईश्वरबहादुर पुनले अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभएको छ । अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका पुन संघको पूर्व उपाध्यक्ष एवं वर्तमान सल्लाहकारसमेत हुनुहुन्छ ।

पुनले नेतृत्व गरेको समूहको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे, महासचिवमा शोकबहादुर रोका, सचिवमा द्रोणबहादुर बहकरी, कोषाध्यक्षमा हरिवंश दाहालसहित प्यानल खडा गरी चुनावमा जान लागेको हो ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पुन जलजला निर्माण सेवाका सञ्चालक समेत हुनुहुन्छ । पुनको प्यानलमा उम्मेदवारी दिन लागेका अधिकांश व्यवसायीहरु वर्तमान कार्यसमितिमा रहेका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोपालप्रसाद घिमिरे र महासचिवका उम्मेदवार शोकबहादुर रोका वर्तमान कार्यसमितिमासोही पदमा हुनुहुन्छ ।

संघको २०औँ साधारणसभा तथा नवौँ अधिसेवन भोलि १३ गतेदेखि दाङको घोराहीमा हुन गइरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस