दाङ, १४ माघ । गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा दीपक मनाङेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सचिवलायमा सपथ खुवाएका हुन् ।

कार्य व्यवस्था परामर्श समितिको बैठकमा शपथ खुवाउने निर्णयमा पुगेका सभामुखले मनाङेलाईसाँझ साढे ६ बजे शपथ खुवाएका हुन् । गत वर्षको प्रदेशसभा निर्वाचनमा उनी मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए।

ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण उनले सपथ लिन पाएका थिएनन् । करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस