घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाले भोलि मंगलबार नगरको ४१ औँ स्थापना दिवस मनाउने भएको छ । नगर स्थापना भएको ४१ औँ वर्ष पुगेको अवसरमा उपमहानगरले एक औपचारीक कार्यक्रमको आयोजना गरेको हो ।

नगरको सभाकक्षमा विहान ११ बजे देखी सुरुहुने स्थापना दिवस कार्यक्रमको प्रदेश ५ का आन्तरीक मालिलन तथा कानुन मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभएको छ ।

स्थापना दिवसका अबसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय भएको समेत नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । साथै स्थापना दिवस कार्यक्रममा सहभागि भैदिन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस