घोराही, १६ माघ । नेपाल कम्प्युनिट पार्टीले घोराहीले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदका लागि गणेश श्रेष्ठलाई उमेद्वार बनाउने निर्णय गरेको छ । नेकपाद्वारा गठित समन्वय कार्यदलले आज पार्टी कार्यालय भरतपुरमा आयोजना गरेको बैठकले नेकपाबाट गणेश श्रेष्ठलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो ।

कार्यदलका संयोजक राममणि पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, सुवास पुन र टीकाराम खड्काको उपस्थितिमा बसेको बैठकले खानेपानी संस्थाको नेतृत्व नेकपा गर्ने योजनाका साथ निर्वाचनमा जाने निर्णय गरेको हो ।

संस्थाको यही माघ १९ गते गते साधारणसभा एवं अधिवेशनको मिति तोकिएको छ । आजको बैठकले अध्यक्ष पदको उमेद्वार टुंगो लगाएको र छिट्टै अन्य पदाधिकारीहरुको पनि टुंगो लगाउने कार्यदलका सचिव विश्वराज आचार्यले जानकारी दिनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस