माघ, १६ घोराही । शहीदहरुको सम्झनामा भ्याली टप इङ्लिस बोर्डिङ स्कुल घोराही दाङले शहीद दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयका भाइस क्याप्टेन भविष्या जिएमको अध्यक्षतामा एवं विद्यालयका प्रिन्सिपल लालमणि बस्यालको प्रमुख आथित्यता कार्यक्रम भएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका जम्मा ३० जना छात्रछात्राले भाग लिएका थिए । ‘शहीदहरुको योगदान’ शीर्षकको वक्तृत्वकलामा ज्ञात अज्ञात शहीदहरुले गरेको योगदानको चर्चा गरिएको थियो । प्रतियोगिताका सहभागीहरुले केही पाउनका लागि केही गुमाउनु पर्ने धारणा राख्दै वीर शहीदहरुका कारण आज नेपाली स्वतन्त्र भएर बाँच्न पाएको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लालमाणि बस्यालले शहीदहरुको योगदाले गर्दा आज हामी नेपाली गर्वका साथ बाँच्न पाएको धारणा राख्नुभएको थियो । प्रतियोगितामा कक्षा ८ का छात्र अभिनय आचार्य प्रथम, कक्षा ९ की छात्रा नेहा केसी द्वितीय र कक्षा ७ की छात्रा नमुना डाँगी तृतीय भएको निर्णायक मण्डलका शिक्षक दिनेश बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक दिनेश न्यौपानेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस