निमुसंगम घर्ती
घोराही, २० माघ । बंगलाचुली गाउँपालिका ४ फाँटाकी सुन्तली पुनलाई सुत्केरी व्यथाले निकै च्यापेको थियो । गएको बुधबार रातीको १२ बजे सुन्तलीलाई आफन्तले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रसुती कक्षमा पुर्‍याए । करिब १० मिनेट बाहिरबाट बोलाए । विरामी लिएर आएका छौ को हुनुहुन्छ भनिरहेयौ तर कोही बोलेनन् सुन्तलीका भिनाजु कृष्णबहादुर पुनले बताउनुभयो । कोही नबोलेपछि गर्भवतीलाई फर्काएर इमरजेन्सीमा ल्याए । इमरजेन्सीका कर्मचारीले यहाँ सुत्केरी हुदैन, कोही छैनन् बाहिरै लैजानुस भनेर जवाफ दिए ।

छटपटाईरहेकी सुन्तलीलाई अब कहाँ लग्ने भन्ने हो त भन्ने अलमलमा परेयौ कृष्णले भन्नुभयो । त्यसपछि सुन्तलीलाई सोही गाडीबाटै तुलसीपुरको प्रदेश अस्पतालमा पुर्‍याए । त्यहाँ चिकित्सकहरु समयमै भेटेपछि पुगेको केही समयमै सुन्तलीले छोरो जन्माउनुभयो । सुन्तली जस्तै दैनिक २० जना बढी सुत्केरीहरु राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट फर्कने गरेका छन् । साविकको उपक्षेत्रिय अस्पताल हुदा र प्रतिष्ठानमा गएपछिको सेवामा आकाश पातालको फरक भएको नागरिकहरु बताउछन् । सुत्केरीहरु रुदै, कराउदै र छटपटाउदै अस्पतालमा आएका हुन्छन तर सुत्केरी सेवा बन्द जस्तै भएपछि कोही गेटबाटै र कोही प्रसुती कक्षबाट फर्कने गरेका छन् ।

प्रतिष्ठानमा करिब २ साता देखी प्रसुती सेवा ठप्प छ । एउटा पनि गर्भवतीहरु देखिदैनन् भने वार्डहरु सबै खाली छन् । बेडहरु सबै खाली छन् भुईमा रगतका दागहरु, फोहोरका थुप्रोहरु देखिन्छन । प्रसुती कक्ष पुरै गन्ह्याउछ, नाक थुनेर पस्ने अबस्था छ । प्रसुती कक्षका वार्डहरुमा झिगाँहरु मात्रै घुम्छन् । प्रसुती कक्षमा काम गर्ने सफाईकर्मीहरु पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएपछि सेवा नै प्रभावित भएको छ । प्रसुती कक्ष, भर्ना कक्षहरु लथालिंग देखिन्छ । भुईहरु रक्ताम्य छन् । फोहोरहरु यत्रतत्र छन् । बेवारीसे अबस्थामा ति कक्षहरु देखिन्थे ।

त्यहाँ भेटिएका कर्मचारीहरुले सुत्केरी गराउन आउन छाडेको बताए पनि अन्य तथ्यांक भने दिन नसक्ने बताए । साविक उपक्षेत्रिय अस्पतालका बेला सूचना अधिकारीकारुपमा काम गरेका अब्दुल मारुफ खाँले अस्पताल हुदा मासिक ३ सय बढी गर्भवतीहरु अस्पतालमा आएर सुत्केरी हुने गरेको बताउनुहुन्छ । अहिले बाहिरै बाट फर्कने अबस्था आएको छ यो दुखद अबस्था हो खाँले भन्नुभयो,— सेवा सूचारु हुनु महत्वपूर्ण कुरा हो तर यहाँ त उपचार नपाएरै अस्पतालमै मर्नु र फर्कनु पर्ने अबस्था आएको छ ।

प्रतिष्ठानले सुत्केरी शूल्कमा भारी बृद्धी गरेपछि त्रसिएका नागरिकहरु अहिले आन्दोलनका कारण उपचार नपाउने भएपछि थप चिन्तीत भएका छन् । प्रतिष्ठानबाट भर्ना भएका केही कर्मचारीहरु घाम तापेर बसेका छन् । वार्डहरु पुरै खाली छ । विगतको दिनमा भन्दा अहिले बिरामीहरु अस्पताल पुग्ने क्रम घट्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन् । कोही कोही आउछन उनिहरु पनि गेटबाटै फर्कनु पर्ने अबस्था छ । अस्पताल सुनसान बन्दै जाँदा पनि कोही बोल्दैनन् किन होला एक जनाले गुनासो गर्दै थिए । राजनितिक दल, मन्त्री, मानव अधिकारकर्मी, सरोकारवालाहरु सबै चुप छन अस्पालमा झिँगा मात्रै घुम्ने बेला आयो अस्पतालमा पुग्नेको गुनासो छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस