दाङ, २० माघ । लेखक संघ दाङले एक दर्जन बढी साहित्यकारलाई पुरस्कृत गर्ने जनाएको छ । संघको आइतबार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले साहित्यकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

संघले दिएको जानकारी अनुसार बमशंकर साहित्य पुरस्कार डिल्लीराज शर्मा, नन्दप्रज्ञा प्रतिभा पुरस्कार डा. गणेश पाण्डेय, मञ्जुराणा स्मृति साहित्य पुरस्कार सृजना शर्मा, शारदा लोहनी साहित्य पुरस्कार देबेन्द्र बस्नेत, तोयाराम ईश्वरादेबी साहित्य संस्कृति पुरस्कार स्व. डा. घनश्याम डाँगी, पण्डित कपिलमणी शिवाकोटी विद्यासाधना सम्मान साहित्य पुरस्कार काशीराज पोख्रेललाई पुरस्कृत गर्ने निर्णय भएको छ ।

यस्तै हरिकला नन्द प्रतिभा पुरस्कार यम रेग्मी, धनवाला साहित्य संगीत पुरस्कार, अमर बिक, फर्षाराम धनकुमारी साहित्य पुरस्कार चन्द्र शर्मा, नित्यानन्द शर्मा साहित्या पुरस्कार डा. शिबकुमार सुबेदी, अंशुकाव्य अशोक सुभद्रा काव्य पुरस्कार किरण आचार्य, दुर्गाचित्र प्रज्ञा पुरस्कार ईन्द्रराज पौडेल, मेघलक्ष्मी प्रज्ञा पुरस्कार सुमन पोख्रेल, डिबुलाल डोङली थारु साहित्य पुरस्कार सोमप्रसाद चौधरी र जग्गादाता शंकरप्रसाद गौतमलाई सम्मान गरिने निर्णय भएको छ ।

प्रतिभा छनोट समितिका डा. हिमलाल पन्थी, डा. बाबुराम आचार्य, शंकर पौडेलको समितिले साहित्यकारलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो । यस्तै फागुन ७ गते हुने साधारणसभा सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

बैठकले पिताम्बर रिजालको संयोजकत्वमा प्रचारप्रसार, हरिप्रसाद पाण्डेको संयोजकत्वमा व्याज व्यानर, भुपेन्द्र सुबेदीको संयोजकत्वमा व्यबस्थापन समिति गठन गरिएको छ । साधारण सभामा साहित्यकारलाई सम्मान तथा पुरस्कार बितरण गरिने जनाइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस