घोराही, २० माघ । दाङमा प्रहरीले ठूलो मात्रामा हतियार बरामद गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाकामा विभिन्न प्रकारका हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले सहित सहित हतियार बनाउने व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरि भौवानाका निबासी ५९ बर्षिय जितबहादुर बुढालाई विभिन्न प्रकारका हतियार सहित सार्वजनिक गरेको हो । हतियार बनाउने कारखानाबाट बरामद भएका भरुवा बन्दुक ५ थान, एयरगन राईफल ३ थान, १२ बोरको राइफल १ थान, कटुवा पेस्तोल १ थान, ठूलो हतियारको नाल २९ थान र सानो हतियारको नाल १२ थान सहित हतियार बनाउने बिभिन्न सामाग्रिहरु प्रहरीले बरामद गरेर प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।पक्राउ परेका बुढालाई मूलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा अदालतबाट म्याद थप गरेर अनुसन्धान र कार्वाही प्रकृया अघि बढाईएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । साथै सोही ठाउँका ३८ बर्षिय रुद्रमणी घर्तीलाई पनि एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । हतियार बनाउने बुढाकै कारखानाबाट ३ बर्ष पहिले १० हजारमा किनेको भरुवा बन्दुक सहित घर्तीलाई पक्राउ गरि कार्वाही प्रकृया अघि बढाईएको प्रहरी प्रमुख पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैविच दाङ प्रहरीले विभिन्न स्थानबाट चालु आर्थिक बर्षमा ७ वटा भरुवा बन्दुक, २ थान रिभल्वर र एउटा पेस्तोल गरी १० थान हतियार बरामद गरेको पनि जानकारी दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस