घोराही, २२ माघ । घोराही उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने रामपुरको बुकामा गरिने अर्गानिक खेतीका लागि तयारी सुरु गरिएको छ ।

पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको अगुवाइ तथा स्थानीय समुदायको सक्रियतामा सुरु भएको अर्गानिक पकेट क्षेत्र निर्माण कार्यक्रम अन्गर्त बीउ उत्पादन सुरु गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको जिइएफ÷एसजिपीको सहयोगमा यी दुई वडामा अर्गानिक खेती सुरु हुन लागेको हो ।

पहिलो चरणमा स्थानीय किसान उपेन्द्रबहादुर शाहीलाई अकबरे खुर्सानी र दमाटरको बीउ उपलब्ध गराइएको छ । साथमा पानी राख्ने ड्रम पनि उपलब्ध गराएको छ । त्यस्तै स्थानीय ३० घर परिवार किसानलाइै प्रतिघर ७ हजारका दरले भकारो सुधार गर्न दुई लाख १० हजार रकम उपलब्ध गराएको पर्यावरणीइ दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।

हरेक परिवारलाई पाँच सय इँटा उपलब्ध गराइएको छ । भकारो सुधारपछि कम्पोष्ट मल निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस