घोराही, २६ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । बिहान ८ बजे देखि सुरुभएको मतदान बेलुका ५ बजे सकिएको हो । ५ हजार ८ सय ३२ मतदाता रहेको खानेपानी संस्थामा ३ हजार १ सय ३६ मत मात्रै खसेको मुख्य निर्बाचन अधिकृत रेवतिरमण भटराईले जानकारी दिनुभएको छ । आज बेलुका साढे ८ बजे देखि नै मत गनना सुरु हुने भएको छ ।

खानेपानी संस्थाको नयाँ नेतृत्वका लागि दुई वटा प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संस्थाको नेतृत्वका लागि प्रगतिशिल प्यानल तर्फ अध्यक्षमा गणेशप्रसाद श्रेष्ठ, उपाध्यक्षमा मधुसुदन अर्याल, सचिबमा निर्मल गौतम र कोषाध्यक्ष पदका लागि नरबहादुर बुढाथोकी चुनाबमा होमिनुभएको छ ।

सदस्यहरुमा दुर्गा खत्री, दिलिप खनाल, विष्णु कालाथोकी, भुमा चौधरी र मनकुमारी पुन प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसैगरी लोकतान्त्रीक प्यानलबाट अध्यक्षमा देविबहादुर डिसी, उपाध्यक्षमा भरत पाण्डे, सचिबमा सुमन शर्मा र कोषाध्यक्षमा धु्रब केसी निर्बाचनमा होमिनुभएको हो ।

लोकतान्त्रिक प्यानलबाट सदस्यहरुमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, खुमा खड्का, यशोदा पाण्डे र लक्ष्मीसिंह ठकुरी प्रतिस्पर्धामा हुनुहुन्छ । सदस्य पदमा स्वतन्त्र तर्फबाट कालिबहादुर खत्री, राजेन्द्र श्रेष्ठ, बसन्ताकुमारी भटराई, मोहनी देवी डाँगी, शारदादेवी थापा, सिता पोख्रेल पनि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । घोराही खानेपानी संस्थाले वडा नम्बर १४, १५, १६, १७ र १८ नम्बरका वडाहरुमा खानेपानी पुर्‍याउँदै आएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस