दाङ, २६ माघ । न्यायाधीश रामबहादुर थापाले राष्ट्रसेवक कर्मचारीको सरुवा नियमित प्रक्रिया रहेको र जहाँ गए पनि नागरिकहरुलाई छिटोछरितो र न्यायोचित सेवा प्रवाह गर्नु प्रमुख दायित्व रहेको बताउनु भएको छ । अफिसर्स क्लब तुलसीपुरले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै न्यायाधीश थापाले कर्मचारीको मुख्य काम भनेकै प्रभावकारी सेवा प्रवाह गर्नु भएको बताउनुभएको हो ।

उच्च अदालत तुलसीपुरका रजिष्ट्रार रहनु भएका क्लबका अध्यक्ष श्रीलाल पौडेललाई क्लबले एक कार्यक्रमका बीच बिदाइ गरेको छ । पौडेललाई क्लबका संरक्षक तथा उच्च अदालत तुलसीपुरका न्यायाधीश रामबहादुर थापा र क्लबका उपाध्यक्ष नारायणी रजौरेले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेर विदाइ गर्नुभएको हो ।बिदाइ भएर जान लाग्नुभएका क्लबका अध्यक्ष पौडेलले आफू ८ महिना मात्र यस जिल्लामा बसे पनि क्लबमा भने छोटो समयमा नेतृत्व लिने अवसर पाएको र सो अवधिमा सबै पदाधिकारीहरुको सहयोगले क्लबको श्रीबृद्धितर्फ उन्मुख बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो “वास्तवमा हामी सबै राष्ट्रसेवक कर्मचारी हौँ, राज्यले सुम्पेको जिम्मेवारी वहन गरेर थोरै बचेको समय समाजिक काममा लगाउँदा आफूलाई नै नागरिकप्रति थप जिम्मेवारी बोध हुन्छ ।”

सो अवसरमा क्लबका उपाध्यक्ष नारायणी रजौरे, महासचिव तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख लीलाप्रसाद शर्माले बिदाइ भएर जान लाग्नुभएका क्लबका अध्यक्ष पौडेललाई छोटो समयमा पनि क्लबको उन्नति र प्रगतिका लागि पु¥याउनुभएको योगदानलाई आफूहरुले बिर्सन नसक्ने बताउनुभएको थियो ।

पौडेलको सरुवा उच्च अदालत तुलसीपुरबाट सर्वोच्च अदातलत काठमाडौँमा भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस