घोराही, २६ माघ । बाल शिक्षा सदनको आठौं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । घोराही १५ स्थित विद्यालयले शुक्रबार विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । विद्यालयका संरक्षक लीलाधर शर्मा पन्थीको अध्यक्षता एवं राप्ती साहित्य परिषद दाङका अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयका प्रिन्सिपल विमला आचार्यले प्रगति प्रतिवेदन पेश गर्दै विद्यालयले बालबालिकाहरुको सिकाइलाई ध्यानमा राखेर शिक्षा दिइरहेको बताउनुभयो । विद्यालयमा अध्ययनरत बालबालिकाहरु विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको उहाँले जानकारी दिनुभयो ।

वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिद्वारा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको थियो । वार्षिक उत्सवको अवसरमा बालबालिकाहरुले नृत्य तथा आफ्ना कलाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शान्ति निकेतन विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतम, राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकी, अभिभावक घना डिसी, संस्थापक रिता पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । बालबालिकाहरुको स्वागत गीतबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक इन्दु शर्माले गर्नुभएको थियो ।

विद्यालयमा मन्टेश्वरी विधिबाट २ वर्ष माथिका बालबालिकाहरुलाई कक्षा युकेजीसम्म अध्यापन गराइँदै आएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस