बालकृष्ण पाण्डे
हापुरे, २८ माघ । बबई गाउँपालिका अन्तर्गतको पशु सेवा शाखा कार्यालयले कृत्रिम गर्भधारण सेवा शुरु गरेको छ । बबई गाउँपालिका भित्रका पशु चौपायाहरुमा सेवा शुरु गरेको पशु सेवा शाखा कार्यालयले जनाएको छ ।

गाई, भैंसी र बाख्राहरुमा कृत्रिम गर्भधारण सेवा शुरु भएपछि बबई गाउँपालिका भित्रका पशुपालन गर्ने कृषकहरु लाभान्वित हुने भएका छन् । कृत्रिम गर्भधारण गर्दा गाउँपालिकाको पशुसेवा शाखा कार्यालयमा ल्याउँदा एक सय रुपैयाँ शुल्क लाग्नेछ भने घरमै गएर सेवा दिंदा भने ठाउँ हेरेर प्राबिधिक खर्च केही बढी लाग्ने पशु सेवा शाखा कार्यालयका प्रमुख श्याम चौधरीले जानकारी दिनुभयो ।

बबई गाउँपालिकाका पशुपालन गर्ने कृषकहरुलाई कृत्रिम गर्भधारणको सेवा लिनका लागि गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले सबैलाई अनुरोध गर्नुभएको छ । बबई गाउँपालिकामा कृत्रिम गर्भधारण सेवा नहुँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस