घोराही, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले जिम्मेवारी दिएका दाङका सबै स्थानिय तहका अध्यक्ष एवं सचिबहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । पार्टी कार्यालय भरतपुरमा शनिबारआयोजित कार्यक्रममा दश पालिकाका अध्यक्ष एवं सचिबहरुलाई पार्टीका प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोख्रेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश इन्चार्ज पोख्रेलले संगठनलाई बलियो र सुढृढ बनाउन निर्देशन दिनुभयो । एकताको सन्देशलाई गाउँ गाउँमा पु¥याउदै पार्टीलाई एक ढिक्का र बिश्वासीलो बनाउनु प्रमुख जिम्मेवारी रहेको बताउनुभयो ।

एकता पछिको उत्साहलाई जीवन्त राख्न निर्देशन दिदै उहाँले संगठन निर्माणमै बढी केन्द्रित हुन पदाधिकारीलाई निर्देशन दिनुभयो । कार्यदलका सदस्य शिबकुमार आचार्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्दै प्रदेश सचिब जगप्रसाद शर्मा, केन्द्रिय सदस्य निर्मल आचार्य र भागवत बिश्वासीले नेपाल कम्युनिष्ट पार्टी जीवन्त बनेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

पार्टीले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई बलियो, बिश्वासिलो र जनताको मन जित्ने गरी अबको कार्यभार पुरा गर्न पदाधिकारीहरुलाई उहाँहरुले आग्रह गर्नुभयो । प्रदेश कमिटीले केही दिन पहिले जिल्लाका स्थानिय तहहरुमा अध्यक्ष र सचिबको टुंगो लगाएको थियो । कार्यक्रमको सहजिकरण कार्यदल सदस्य सुबास पुनले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस