घोराही, ५ फागुन । दाङमा यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा आईतबार घोराहीमा बैठक बसी कार्यक्रमका बारेमा जानकारी दिईएको छ ।

स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले यस बर्ष यही फागुन १५ गते देखी हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । हात्तिपाईले रोग फैलनबाट रोक्न र बिरामीको संख्यामा कमि ल्याउन १० औँ चरणको औषधी खुवाउने कार्यक्रम तय भएको चन्दले जानकारी दिनुभयो ।

सबैले नियमित औषधी नखाँदा पटक पटक औषधी खुवाउने अभियान चलाउनु परेको भन्दै यस पटक स्वयमसेविका नभई स्वास्थ्यकर्मीहरुबाटै औषधी खुवाउने योजना भएको उहाँको भनाई छ । पोथी लामखुट्टेको टोकाईबाट हात्तिपाईले रोग लाग्ने भन्दै उहाँले स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी खान आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरका उपप्रमुख सीता सिग्देल न्यौपानेले हात्तिपाईले रोग बिरुद्धको औषधीलाई अनिवार्य खान सबैलाई आग्रह गर्नुभयो । स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम औषधी खान र लामखुट्टेको टोकाईबाट बच्न समेत उहाँहरुले आग्रह गर्नुभएको छ ।

हात्तिपाईले रोग विरुद्धको औषधी खाना खाएर मात्रै खानुपर्ने, २ वर्षमाथिले खाने, गर्भवती तथा सुत्केरी र सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । कार्यक्रमको सहजिकरण घोराही उपमहानगर स्वास्थ्य शाखाका ठाकुर खनालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस