घोराही, ५ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले एक सय बढी जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र हरलिक्स प्रदान गरेको छ । वडा कार्यालय रहेको सितलटोलमा आईतबार एक कार्यक्रमको आयोजना गरि ७० बर्ष उमेर पुगेका १ सय ७ जनालाई एक थान ब्लाङकेट र एक डिब्बा हरलिक्स प्रदान गरिएको हो ।

वडा अध्यक्ष रविलाल घर्तीमगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरुलाई ति सामाग्रिहरु प्रदान गरिएको हो ।

वडाका १ सय ८५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र हरलिक्स प्रदान गर्ने योजना भए पनि आज कार्यक्रममा १ सय ७ जना मात्रै उपस्थित भएको र अन्यलाई वडा कार्यालयबाटै उपलब्ध गराईने वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जेष्ठ नागरिकको सम्मानमा स्थानिय वडा सरकारले न्यानो कपडा र पोशिलो हरलिक्स उपलब्ध गराएको बताउनुभयो । जेष्ठ नागरिकहरु इतिहास, ज्ञान, सिप र कलाका खानी भएको भन्दै उहाँले घर परिवारबाटै जेष्ठ नागरिकको सम्मान आबस्यक रहेको बताउनुभयो ।

सम्मान स्वरुप न्यानो कपडा र हरलिक्स पाएपछि जेष्ठ नागरिकहरु खुशी हुनुभएको छ । समाजसेवी गिता केसीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा सचिब लिलाजित नेपालीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस