दाङ, ५ फागुन । जिल्लामा विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा आइतवार बसेको सरोकारवालाको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

Advertisements

बैठकले ६ देखि ८ गतेसम्म सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र नगरबासीले आ-आफना घर आँगन सरसफाई गरेर दीपावली गरी प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसैगरेर बैठकले फागुन ७ गते घोराही उपमहानगरपालिकाको सभाहलमा प्रजातन्त्रको महत्व विषयमा अन्तक्रिया गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा सहभागी हुन बैठकले सबैमा अनुरोध समेत गरेको छ । प्रजातन्त्र दिवस मनाउन जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा प्रजातन्त्र दिवस जिल्ला समारोह समिति समेत गठन गरिएको छ । बैठकमा घोराही उपमहनगरपालिका प्रमुख नरुलाल चौधरी, सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस