विमल योगी
दाङ, ५ फागुन । घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा सहकारी शिक्षा सम्वन्धि तालिम सम्पन्न भयो । वडा भित्र रहेका सहकारी संस्थाका प्रतिनिधि र टोल बिकास संस्थाका पदाधिकारीका लागि आयोजना गरिएको तालिमको आइतबार समापन गरिएको थियो  ।

वडाका जेष्ठ सदस्य छन्दबहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी र टोल बिकास संस्थाले गरिवी न्यूनीकरण र सामाजिक जागरणमा काम गर्नुपर्ने कुरामा जोड दिएका थिए । तालिममा सहकारी संस्था र टोल बिकास संस्था गठन प्रक्रिया, काम र कर्तव्य, सहकारी ऐन नियम तथा मूल्य मान्यता र अधिकार, सञ्चालक समितिको काम कर्तव्य र सहकारी संस्थामा बचत तथा ऋण परिचालन प्रक्रिया लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

सो अवसरमा घोराही उपमहानगरपालिकाका सहकारी तथा रोजगार प्रर्वद्धन शाखाका प्रमुख प्रेम केसी, वडा सचिव चन्द्रबहादुर केसी, सहभागी जवरपुर टोल बिकास संस्थाका अध्यक्ष बुद्धिप्रकास चौधरी, डवरगाउँ टोल बिकास संस्थाका रिताकुमारी चौधरी लगायतले बोल्नुभएको थियो । २५ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा प्रेम केसी र चन्द्रबहादुर केसी रहनुभएको थियो । तालिम समापनकार्यक्रमको सञ्चालन वडा कार्यालयका सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस