दाङ, ९ फागुन । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ मा हात्तीपाइलेविरुद्ध अभिमुखीकरण सम्पन्न भएको छ । हात्तीपाइले रोगविरुद्ध आम नागरिकहरुलाई सचेतना दिने उद्देश्यका साथ अभियान थालिएको गाउँपालिकाले जनाएको छ । शान्तिनगर स्वास्थ्य शाखा चिराघाटको आयोजनामा एकदिने हात्तीपाइले रोग विरुद्धको वडास्तरीय अभिमुखीकरण गोष्ठी भएको थियो ।

वडाअध्यक्ष फर्साराम डाँगीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । २० जनाको सहभागिता रहेको कार्यक्रममा फागुन १५ देखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भन्दै यसमा सहभागी हुन सबैलाई आग्रह गरिएको स्वास्थ्य शाखा चिराघाटका सह–संयोजक घनश्याम पाण्डले जानकारी दिनुभयो ।

कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक हरि पुनले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस