घोराही, १० फागुन

घोराही उपमहानगरपालिकाले दाङ क्षेत्र नं. ३ ­(ख) का प्रदेशसभा सदस्य माननीय उत्तरकुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी एवं उपप्रमुख सीता सिग्देल न्यौपानेले शोक वक्तव्य जारी गर्दै ओलीको निधनप्रति दुःख व्यक्त गरेको हो । ओलीको निधनले दाङबासीलाई अपुरणीय क्षति पुगेको भन्दै दाङको विकासका लागि माननीय ओलीको योगदान स्मरणीय रहेको उल्लेख छ । । शोक वक्तव्यमा भनिएको छ “उहाँको निधनको यस घडीमा घोराही उपमहानगरपालिका दिवंगत माननीय ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकमा रहनुभएका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।”

सांसद ओली गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भिर घाइते हुनुभएको थियो । उहाँको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रवार विहान ३ बजे निधन भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस