काठमाडौँ, १५ फागुन । सरकारले बिहीबार एक दिनलाई राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

मन्तिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

मन्त्रि अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय गरिएको छ । उक्त अकल्पनीय, अप्रत्यासित र दु:खद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति पुगेको ठहर गरिएको छ । ‘यस घडीमा गहिरो दु:ख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सरकारले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस