घोराही, १५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. २ का विद्यालयहरुमा समुदाय प्रहरी कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडाका गङ्गा मावि रामपुर र जनता मावि बुकामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम अन्तर्गत लागुऔषध नियन्त्रण एवं बालविवाह न्युनीकरण लगायतका विषयमा बालबालिकाहरुलाई प्रशिक्षण दिइएको घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकले प्रशिक्षण दिनुभएको थियो ।वडाका बालबालिकाहरुलाई दुव्र्यसन एवं बालविवाहबाट बचाउन कार्यक्रम आयोजना गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । लागुपदार्थ दुव्र्यसन एवं बालविवाह दुवै बालबालिकाको विकासको बाधक भएको बताउँदै उहाँले उनीहरुको चौतर्फी विकासका लागि सहज वातावरण निर्माण गर्ने लक्ष्यका साथ समुदाय प्रहरी कार्यक्रमअन्तर्गत यसखालको कार्यक्रम गरिएको बताउनुभयो ।अर्कोहप्ता आधारभूत विद्यालय चाक्लिघाट र नवचेतना बोर्डिङ स्कुलमा कार्यक्रम गरिने बताइएको छ । कार्यक्रम वडा अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस