घोराही, १६ फागुन । घोराही उपमहानगरपालिका–१७ का चारजना सिकलसेलका बिरामीलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । सिकलसेलका बिरामीहरु २५ वर्षीया कमला चौधरी, उहाँका छोरीहरु १० वर्षीया सम्झना चौधरी, आठ वर्षीया माधवा चौधरी र छ वर्षीय छोरा गोविन्द चौधरीलाई खाद्यान्न, स्टेशनरी र विद्यालयमा पठनपाठनका लागि १० हजार रुपैयाँ उपलव्ध गराइएको हो ।

पत्रकार सन्तोष अधिकारीको पहलमा घोराहीका लेखराज डिसीले दुईजना बच्चाका लागि शैक्षिक शुल्कस्वरुप १० हजार, गणेश श्रेष्ठ र रजनी श्रेष्ठले चामल, तेल तथा ग्रामीण महिला उत्थान केन्द्रले स्टेशनरी सामग्री उपलव्ध गराउनुभएको थियो ।बिहीवार पत्रकार महासंघको कार्यालयमा महासंघका केन्द्रीय सचिव उदय जीएम, जिल्ला अध्यक्ष सविन प्रियासन, घोराही उपमहानगरपालिका वडा नं. १७ का अध्यक्ष खुशीराम चौधरी र सहयोगकर्ताहरुले संयुक्तरुपमा पीडित परिवारलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा पीडित कमलाका श्रीमान् छेदुलाल चौधरीले सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस